नेकपा एमाले क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

विक्रम सुनार
बागलुङ,चैत्र–०५
नेकपा एमाले प्रदेश नम्वर ४ का सहसंयोजक गणेश तिमिल्निाले राष्ट्रियता, विकास निर्माण, जनजिविका तथा समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य भएको बताउनु भएको छ ।
नेकपा एमाले बागलुङ क्षेत्रीय कमिटिले बानपा–१४ नारायणस्थानमा सम्पन्न गरेको क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा तिमिल्सिनाले स्थानीय तहको निर्वाचन जनमत संग्रह भएकाले देशभक्त र विकासवादी पार्टीलाई राष्ट्रको पहिलो शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, वैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, वैकल्पिक केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज मनकुमारी केसि बागलुङ अध्यक्ष इन्द्रलाल सापकोटा लगायतले समसामयिक राजनीतिक घटनाक्रम र नेकपा एमालेको दृष्टिकोणबारे सहजिकरण गरेको नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिनुभयो । सोही अवसरमा सांस्कृतिक विभागका कलाकार सरसस्वती खडका परियार र शिव शर्माले सांगितिक प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले क्षेत्रीय कमिटि बागलुङका अध्यक्ष क्याम्पटेन दुर्गाबहादुर खडकाको अध्यक्षता, उपाध्यक्ष हरिराम अधिकारीको स्वागत र सचिव शालीग्राम शर्माको संचालनमा सम्पन्न भएको थियो ।