
बागलुङ, ५ चैत
लहै लहैमा लागेर रमाइलोका लागि चुरोट सेवन गर्नेहरु विस्तारै दुव्र्यसनमा फस्ने गरेको भन्दै सार्वजनिक स्थलमा ध्रुमपान रोक्न कडाइ गर्नु पर्नेमा बागलुङमा शनिवार आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
शहर बजारदेखि गाउँघरसम्म चिया पसलदेखि रेष्टुरेण्टसम्म जहाँ तही चुरोट पाइने र जहाँ बसेर पनि चुरोट सेवन गर्ने भएकाले किशोर किशोरीहरु चुरोटको दलदलमा फस्दै गएको उनीहरुको भनाइ छ । देखासिकीमा चुरोट सेवन गर्नेहरु विस्तारै दुव्र्यसनमा फस्दै गएको भन्दै उनीहरुले चुरोटको विक्री वितरण र सेवनलाई कडाई गर्न सुझाव दिएका छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तरगत शनिवार बागलुङ नगरपालिका ६ (साविक वडा नंं. ९) लहरेपीपलमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
चिया पसल र रेष्टुरेण्टहरुमा चुरोट विक्री वितरण र सेवन गर्ने तथा सार्वजनिक स्थलमा चुरोट सेवन गर्नेलाई कार्र्वाही गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
चुरोट सेवन गर्नेहरु अम्मली बन्दै क्रमश दुव्र्यसनी बन्दै गएको भन्दै परिवारका सदस्यहरुले कलिलो उमेरका किशोर किशोरीहरुको बानी व्यवहारमा निगरानी गर्नु पर्ने सहभागीहरुले बताए ।
कार्यक्रममा दुव्र्यसन सम्बन्धी सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सिनाले समाज परिर्वतनको संवाहक युवा पुस्तालाई दुव्र्यसनबाट टाढा राख्नका लागि परिवारको सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले परिवारसंगै समाज, विद्यालय र प्रहरी र नागरिक समाजको भूमिका समेत समन्वयकारी हुनु पर्नेमा उहाँको जोड थियो ।
आदर्र्श सञ्चार सहकारीले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियानले समाजमा सकारात्मक सन्देश दिएको भन्दै तिमिल्सिनाले अन्य संघ संस्थाहरुले पनि समाज विकासको वाधकका रुपमा रहेको दुव्र्यसनका बारेमा सचेतना प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।
आदर्श सञ्चार सहकारी र समग्र सहकारी अभियानको महत्वका बारेमा सहजीकरण गर्दै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले युवा पुस्ता दुव्र्यसनमा अलमलियो भने देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा समेत प्रभाव पर्ने भएकाले सचेत हुनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बानपा वडा नं. ६ का सचिव रुद्रबहादुर केसी, लहरेपीपल माविका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी, लहरेपीपल स्वास्थ्य चौकीका प्रमुख इन्द्रबहादुर थापा, आदर्श सञ्चार सहकारीका शेयर सदस्यहरु मध्येबाट कुलबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर केसी, सामाजिक परिचालक पार्वती सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका सहसचिव ललिता थापाको अध्यक्षता, सम्पादक रामबहादुर जिसीको स्वागत तथा शिक्षा उपसमितिका सदस्य रेणु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारीले निर्वाह गर्नु पर्ने सामाजिक उत्तरदायित्व अन्तरगत यस आर्थिक वर्षमा दुव्र्यसन विरुद्ध आमाहरु अभियान अन्तगत २० वटा कार्यक्रम गर्ने लक्ष्य आदर्श सञ्चार सहकारीले लिएको छ । बागलुङ नगरपालिकाका ११ वटा वडा र ७ वटा गाविसमा सञ्चालन गरिने कार्यक्रम अन्तरगत ९ वटा कार्यक्रम सम्पन्न भइसकेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।










