गलकोट यातायात प्रालिको प्रथम अध्यक्षमा खत्री

बागलुङ, ५ चैत
गलकोट यातयात प्रा लिको प्रथम साधारण सभा तथा अधिबेशन सर्वसम्मत नँया नेतृत्ब चएन गदै गलकोट नगरपालीका वाड नं ३ हटियामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै महिला जागरण केन्द्र गलकोट नगरपालीका बाड नं ३ र ४ कि अध्यक्ष मञ्जु शर्मा चालिसेले यातयात क्षेत्र बढि सम्बेदनशिल क्षेत्र भएको बताउदै संयमित भएर यात्रालाई प्रभाबकारि बनाउनुपर्नेमा जोड दिनुभयो । चालिसेले न्युनतम शुल्क कायम गरेर सुरु भएको ट्याक्सी सेबालाई बढि प्रभाबकारि बनाउन चालक र समिती संशक्त ढंगले लाग्नुपर्ने आबश्यकता रहको बताउनुभयो ।
अधिबशेनले पुन केहरसिंह खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा सचिन शर्मा निउरे, उपाध्यक्षमा होम थापा, महासचिबमा गंगा बहादुर कुबर गगन, सचिबमा मन बहादुर खत्री महेन्द्र कोषाध्यक्षमा बिरेन्द्र श्रेष्ठ रहनुभएको छ । समितिको सदस्यमा दिनेश खत्री, गोर्ख भण्डारी याम बहादुर श्रेष्ठ  बिनोद जिबन मरासिनि र सन्तोष राना रहेका छन ।  साधारण सभाले मञ्जु शर्मा चालिसेको संयोजकत्बमा ५सदस्यिय सल्लाहकार समिति गठन गरेको छ । समितिको सदस्यमा होम बहादुर थापा, पुर्ण काउचा गणेश मल्ल र बिरबल श्रेष्ठ रहनुभएको छ । अधिबेसनमाबाट कानुनि सल्लाहकारमा शिब कडेललाई सर्बसहमत चएन गरेको समितिले जनाएको छ । सबारि दुर्घटनालाई मध्यनजर गर्दै गोर्ख भण्डारीको संयोजकत्वमा ५ सदीस्यय दुर्घटना उपसमितिको समेत गठन गरिएको छ । सो उपसमितिमा सुदिप श्रेष्ठ, भरत बहादुर काकीर्, चन्द्र गुरुङ र सचिन शर्मा निउरे रहनुभएको छ ।
संस्थाका कोषध्यक्ष बिरेन्द्र श्रेष्ठले गलकोट यातयात प्रा ली सञ्चालनको पहिलो बर्षमा १८ लाख ७५ हजार ७ सय ५० रुपैया आम्दानी, १ लाख ९० हजार ६ सय ९० रुपैया खर्च र  १६ लाख ८५ हजार ६० रुपैया मौज्दाज रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
समितिमा अहिले २२ ओटा ट्याक्सी आबद्ध रहेका छन् ।  ट्याक्सीले धौलागीरी भित्र बिशेष गरि गलकोट नगरपालीका सँगै बागलुङ, पोखरा र बुर्तिवाङ सम्मको यात्रालाई ब्यबस्थीत रुपमा सञ्चालन गदै आएको निबनिर्बाचित समितिका महासचिब गगां बहादुर कुबरले जानकारि दिनुभयो । साधारण सभाबाटै संद्यको प्रभाबकारि ब्यबस्थापन र ट्याक्सी सञ्चालनलाई ब्यबस्थीत गर्न रातो प्लेटको गाडिलाई कालो प्लेटमा परिर्बतन गर्न एक हप्ताको समय दिने, ट्याक्सी सञ्चालनको क्र्रम र रुट ब्यबस्थापन गर्न दैनिक रुट परिर्बतन गर्ने, समितिमा आबद्ध ट्याक्सीमा गलकोट यातयात प्रालीको स्टीकर टाँस्ने, तथा गलकोट यातयात सहकारी सँस्था सञ्चालनको लागी प्रक्रिया अगाडी बढाउने लगाएतका निर्णय गरेको छ । सो अबसरमा समितिका सदस्य गणेश मल्लले शुभकामना मन्तब्य दिनुभएको थियो । साधारण सभा समितिका अध्यक्ष केहर सिंह खत्रीको अध्यक्षता, कोषाध्यक्ष बिरेन्द्र श्रेष्ठको स्बागत र निबर्तमान सचिब सचिन शर्मा निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।