
बागलुङ, ५ चैत
संघीय माामिला तथा स्थानीय विकास मन्त्रालयले शनिबार नगरपालिकाहरुको कार्यकारी अधिकृतहरुको घोषणा गरेको छ ।
मन्त्रालयलले बागलुङ नगरपालिकाको कार्यकारी अधिकृतमा सुवास कुमार लामिछाने, जैमुनी नगरपालिकामा विष्णु प्रसाद सुवेदी, ढोरपाटन नगरपालिकामा राम प्रसाद आचार्य र गलकोट नगरपालिकामा प्रदीपचन्द्र सुवेदीलाई कार्यकारी अधिकृत तोकेको छ । मन्त्रालयले ढोरपाटनका आचार्य र गलकोटका सुवेदीलाई निमित्त कार्यकारी अधिकृत तोकेको छ ।
यस अघि जिल्ला समन्वय समितिले ढोरपाटन नगरपालिकामा चण्डीराज पौडेल, गल्कोट नगरपालिकामा माधव शर्मा, बागलुङ नगरपालिकाको कार्यकारी अधिकृत रमेश ढकाल र जैमुनी नगरपालिकामा चिरञ्जीवि शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।
मन्त्रालयले शनिबार विहानै देश भएरका पाँच उपनगरपालिका सहित १७८ नगरपालिकाका कार्यकारी अधिकृतहरुको घोषणा गरेको छ । मन्त्रायलले शुक्रबार देशभरका गाउँपालिकाका कार्यकारी अधिकृतहरुको घोषणा गरेको थियो ।










