
बिक्रम सुनार
बागलुङ,चैत्र–०४
समाजमा दिन प्रतिदिन बढ्दै गइरहेको दुव्र्यसन नियन्त्रण गर्ने अभियानमा आमाहरु एकजुट हुन आवश्यक रहेको बागलुङको तंग्राममा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
आदर्श सञ्चार सहकारी संस्था बागलुङले सुरु गरेको ‘दुव्र्यसन विरुद्ध आमा’ अभियान अन्तरगत सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको संयोजनमा तंग्राम गाविसमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
सचेतना कार्यक्रममा उनीहरुले आमाहरुले सानैदेखि सिकाउने व्यवहारले पनि बालबालिकाको जिवनमा ठुलो परिवर्तन गर्न सक्ने भएकाले सकरात्मक सोचको विकास गर्न आवश्यक रहेको बताएका थिए ।
१ सय ५० भन्दा बढि आमाहरुले सहभागिता जनाएको कार्यक्रममा उनीहरुले यसरी सचेतना प्रदान गरेपछि आफ्ना बालबच्चाहरुलाई राम्रो व्यवहार सिकाउन प्रयत्न गर्ने बताएका छन् । उनिहरुले आफ्ना बच्चाहरुलाई सानो नसम्झी हरेक क्षेत्रसंग सहकार्य गरी चेतना बृद्धि विकासमा सहयोग गर्ने र अन्य बालबालिकालाई पनि दुव्र्यसनबाट टाढा रहन आग्रह गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा दुव्र्यसनका विषयमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले दुव्र्यसन न्यूनिकरण गर्न घरपरिवार, विद्यालय, समाज सबैको भूमिका हुने भन्दै त्यसमा पनि आमाहरुको सचेतना थप प्रभावकारी हुन जरुरी रहेको बताउनुभयो । घर परिवार र आमा नै बाल बच्चाहरुको पहिलो पाठशाला भएकाले बालबच्चालाई यस्ता खालका नकरात्मक क्रियाकलापवाट टाढा राख्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
कार्यक्रममा काठेखोला गाउपालिका वडा नम्वर ४ का वडा सचिव पहलमान थापा, आदर्श संचार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल, दलित संजाल तंग्रामका संयोजक एव प्रगतिशिल पत्रकार संघ नेपाल बागलुङका सदस्य टिका संगम बिक, नारायणी मावि तंग्रामका प्रधानाध्यापक बिष्णु थापा, प्रगतिशिल महिला सहकारी संस्था तंग्रामका सचिव पार्वती थापा, वडा नागरिक मंच तंग्रामका संयोजक थिरबहादुर राना, आदर्श संचार सहकारी संस्थाका शेयर सदस्य यामबहादुर पुन र प्रसिद्ध पुन लगाएतले मंतव्य राख्नु भएको थियो ।
कार्यक्रममा आदर्श संचार सहकारी संस्थाद्धारा प्रकाशित धौलागिरि जागरण पत्रिकाका सम्पादक रामबहादुर जिसीले कार्यक्रम र सहकारीका वारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षता, सुनगाभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरबहादुर पुनको स्वागत र आदर्श संचार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको संचालनमा सम्पन्न भएको थियो ।










