सुष्मा सुनार
दुदिलाभाटी,चैत्र–०४
नेकपा एमाले बागलुङ जिल्ला अध्यक्ष इन्द्लाल सापकोटाले संविधान संम्सोधनका नाम ल्याइएका प्रस्ताव कुनै पनि हालत स्वीकार्य नहुने बताउनुभएको छ ।
संविधान सम्सोधन राष्ट्रिय हित विपरित र मुलुकलाई राष्ट्रिय संकटमा पार्ने भएको भन्दै अध्यक्ष सापकोटाले यसको विरुद्ध नेकपा एमालेले जस्तो कदम पनि चाल्न सक्ने तर स्वीकार नगर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले दुदिलाभाटी गाउ कमिटि गलकोट नगरपालिका वडा नम्वर १ मा सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष सापकोटाले यस्तो बताउनुभएको हो ।
राष्ट्रियता, विकास निर्माण,जनजिविका तथा समृद्धिका लागि एमालेको अपरिहार्यता भएकाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन सम्पुर्ण पार्टी कार्यकर्तालाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका युवा नेता डाक्टर सुर्य पाठक, धौलागरी सम्पर्क समिति सचिलाय सदस्य पदम गिरी, अनेरा स्ववियु बागलुङ जिल्ला सचिव शिव शर्मा, कोषाध्यक्ष रविना विक, नेकपा एमाले दुदिला भाटी गाउ कमिटि सदस्य गुमानसिंह खत्री लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निर्वाचन जनमत संग्रह भएकाले राष्ट्रप्रेमी नेकपा एमालेलाई राष्ट्रको पहिलो शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेकपा एमाले दुदिलाभाटी गाउ कमिटिका अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष देउमाया बुढाथोकिको स्वागत र सचिव पदम कार्कीको संचालनमा सम्पन्न भएको थियो ।










