
– जयन्ती थापा सरगम
उड्न सकिन्छ
नहुँदा समेत पखेटाहरू
एक मात्र लक्ष,
उन्मुक्त आकाश हो भने ।
लामवद्ध हामी
चट्टानै चट्टानको अत्भूत संयोजन
हिमश्रृङ्गखला, मोतीको सिङ्गो पर्वत
फुलाउन सकेका छौं
काखैभरि गुँरासका राता फुलहरू
संग्रहित छन्
ताल तलैयाहरू
जहाँ संग्रहित छ स्फटिक निर्मल जलघडा
जो सागर पुग्ने गर्दछ
सिंचन गर्दै पाखापखेरा
र खेत खलियानहरू ।
सपनाको देश हो यो मेरो
जहाँ पहिलाउँदै छु म विपनाहरू
र रोप्दै छु
अदम्य साहस र सौर्यको बीज
मलाई विश्वास छ
यो उम्रने छ सतिसालको रुप लिदै
झुक्ने छैन यो
कहीँकतै र कसैसंग पनि
जसरी म उभिएकी छु सदियौंदेखि ।
इकारस
एक दन्त्यकथा
घामको रापको खोजीमा
आकाश चहार्दा
पगाले जस्तै मैनका पखेटाहरू
पगाल्नु पर्ने छैन अब कसैले
किनकि
मेरो पखेरामा टुसाएको
गुँरासको कोपिलामा
घामको रापले स्पर्श गरिसकेको छ ।










वाह, अत्यन्त मिठो
इकारस
एक दन्त्यकथा
घामको रापको खोजीमा
आकाश चहार्दा
पगाले जस्तै मैनका पखेटाहरू
पगाल्नु पर्ने छैन अब कसैले
किनकि
मेरो पखेरामा टुसाएको
गुँरासको कोपिलामा
घामको रापले स्पर्श गरिसकेको छ ।
इकारसको बिम्बमा आएको गुराॅस गज्जप लाग्यो ।