बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान

बागलुङ, २१ फागुन । जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कागारामा रहेका १ सय ६१ कैदीबन्दी मध्ये ५३ जना मतदाता रहेका थिए ।

कारागारमा १ सय ४५ पुरुष र १६ जना महिला रहेकोमा ४९ जना पुरुष र ४ जना महिला मतदाता रहेका छन् । ५३ जना मतदाता मध्य एक जना काठमाडौं स्थान्तरण भएको र १ जना भर्खरै कैदमुक्त भएको कारण ५१ जनाले मतदान गरेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा २ कर्मचारी खटाइएकोले उहाँहरुले पनि सोही मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

पूरा मत नझरेको कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुने मतदान अधिकृत पन्तले बताउनुभयो । “यहाँ रहेका ५१ जना कैदी बन्दी र खटाइएको २ जना कर्मचारी गरी ५३ जनाले मतदान गरिसकिएको छ,” मतदान अधिकृत पन्तले भन्नुभयो,“जम्मा मतदाता कैदीबन्दी ५३ रहेपनि १ जना कैदमुक्त भएको र एक जना काठमाडौं स्थान्तरण हुनुभएकोले उहाँहरु मतदान गर्न आउँनु हुँदैन । यहाँ भएका सवैले मतदान सम्पनन गरिएको छ । तर, मतपेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुनेछ ।”

बागलुङका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो ।