बागलुङमा रास्वपाको ‘क्लिनस्विप’

बागलुङ, २३ फागुन । बागलुङका राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिनस्विप’ गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रास्वपाबाट क्षेत्र नं. १ मा सुशिल खड्का र क्षेत्र नम्बर २ मा सोम शर्मा निर्वाचित हुनुभएको छ ।

क्षेत्र नम्बर १ मा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँले प्रतिस्पर्धी भिम बहादुर श्रीस रानाले ११ हजार ९४४ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत प्राप्त गर्नुभएको छ ।

९५ हजार ३३५ जना मतदाता रहेको बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ४८ हजार ९३२ मत खसेको थियो ।

उता क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका हुनुभएको छ । शर्माले १२ हजार ६४७ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ज्ञामनाथ गैरेले १० हजार ७०९ मत र एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो । त्यस्तै क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सहयोग गरेको थियो ।

९५ हजार ३३५ जना मतदाता रहेको क्षेत्र नं. २ मा ४७ हजार ५ सय ४७ मत खसेको थियो ।