दुई लाखको अक्षय कोष स्थापना

बागलुङ, २९ फागुन ।
बागलुङ नगरपालिका–२ को एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा दुई लाखको अक्ष्यकोष स्थापना गरेको छ ।
शैक्षिक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ बानपा–२ निवासी स्वर्गिय.टंकनाथ उपाध्याय र स्व.लिलावति उपाध्यायको समृतिमा उहाँको परिवारले कोष स्थापनाको घोषण गरेको हो ।
कोषबाट प्राप्त ब्याजले मुुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालय र बा.न.पा ४ को कुुडुले निमाविका उत्कृष्ट विद्यार्थीलाई छात्रावृत्ति तथा र सूस्तमनस्थिति विद्यालयलाई सहयोग गर्ने परिवारका सदस्य पुनम प्रसाद शर्माले जानकारी दिनुभयो ।
घोषण कार्यक्रममा कार्यक्रममा बागलुुङ नगरपालिका ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले बोल्नुभएको थियो । २ लाख एक हजार राशी रहेको उक्त अक्षयकोष संचालनको लागि संचालक समिति गठन, दर्ता लगायतका काम गरी आगमी फागुन १० गतेदेखि वितरण सुरु गर्ने परिवारका सदस्य शर्माले बताउनुभयो ।