कुम्विर विश्वकर्मा
निसी, माघ ३
बागलुङको पश्चिम निसी भलकोटमा तिलाचन युवा क्लवले आयोजना गरेको माघेसक्रान्ति मेला सोमवार देखी सुरुभएको छ ।
मेलाको उदघाटन गर्दै सांसद ज्ञानकुमारी छन्त्यालले देशको समग्र विकासको लागि सम्पुर्ण एक हुनु पर्ने बताउनुभएको छ।
साथै पश्चिम बागलुङ सहित देशको विकास र निकासको लािग आफु निरन्तरत रुपमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।
६ गते सम्म हुने माघे सक्रान्ति मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरुप भलिवल,महिला भलिवल,दोहोरी गीत प्रतियोगिता, पुरष तथा महिला छेलो, आइडीएल नृत्य लगायतको प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष हेमबहादुर बुढा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले गाउ कमिटि अध्यक्ष लिला बुढा मगर,नेकपा माओवादी केन्द्र निसी गाउ कमिटि अध्यक्ष नरेन्द्र्र घर्ति मगर, नयाँ शक्ति पार्टी बालुङ क्षेत्र ३ को कुशल बुढा मगर,नेपाल मगर महासंघ केन्द्रिय उपाध्यक्ष पुर्ण बहादुर घर्तिमगर, क्लवका संस्थापक अध्यक्ष ओमबहादुर बुढा मगर लगायतले बोल्नु् भएको थियो ।
कार्यक्रम तिलाचन युवा कल्वका अध्यक्ष हेम बहादुर बुढा मगरको अध्यक्षता, स्वागत सचिव श्याम बुढा मगरको स्वागत र सदस्य सुनिल विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।










