अमर आदर्श र दलित सामुदायिक विकास केन्द्र विजयी

बागलुङ, ३ माघ
शनिबार देखि बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा जारी बागलुङ गोल्डकप फुटबल–२०७३ को समुह चरणका खेलहरु सोमबार सम्पन्न भएका छन्
दलित युवा सञ्जाल बागलुङको आयोजनामा सुरुभएको प्रतियोगितामा सोमबार अमर आदर्श स्पोटर्श क्लब र दलित सामुदायिक स्रोत विकास केन्द्र बागलुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अमर आदर्श स्पोटर्श क्लबले चिल्ड्रेन लाईफ स्पोटर्स क्लबलाई ५–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोलमात्र गरेको अमरले दोस्रो हापमा थप ४ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमर आदर्शको जितको लागि खेलको दोस्रो मिनेटमै सुरज नगरकोटीले गोल गरेका थिए । पहिलो हापमा दुवै तर्फबाट केही राम्रो मौका प्राप्त गरेतापनि गोल गर्नभने सकेनन् । अमर आदर्शका सुरज नगरकोटीले खेलको दोस्रो हापमा पुनः गोल गर्दै आफ्नो तथा टोलीको लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५३ मिनेटमा गोल गरेका थिए । यस्तै अमरको जितको लागि सन्नी राना मगर, अनिल केसी र आशिष श्रेष्ठले १–१ गोल गरेका थिए ।
यस्तै सोमबारनै भएको दोस्रो खेलमा युवा सञ्जाल नारायणस्थानलाई १–४ गोल अन्तरले पराजित गर्दै दलित सामुदायिक स्रोत विकास केन्द्र क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दलित सामुदायिक स्रोत विकास केन्द्रको लागि खेलको १६ मिनेटमा आशिष गुरुङले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक भएको पहिलो हापमा दुवै टोलीले गोलका राम्रो अवसरहरु सदुपयोग गर्न सकेनन् ।
दोस्रो हापको सुरुवातमै युवा सञ्जाल नारायणस्थानका आशिष खड्काले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । उक्त बराबरी धेरै समय भने टिक्न सकेनन् । सामुदायिक स्रोत विकास केन्द्रका पूर्ण बहादुर गुरुङले ५५ मिनेटका गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सामुदायिक स्रोत विकास केन्द्रको जितको लागि सुनील गौचन र मिन बहादुर गुरुङले १–१ गोल गरेका थिए ।
प्रतियोगितामा मंगलबार पहिलो क्वाटरफाइनलको खेल विष्णु पादुका युवा क्लव विरुद्ध विर गोर्खाली युवा क्लब र दोस्रो खेल चिल्ड्रेन लाईफ स्पोटर्श क्लब ए विरुद्ध फ्युचर स्पोटर्श क्लब वि विच हुने प्रतियोगिताका प्रेस संयोजक रामकृष्ण बोहोराले जानकारी दिए ।
गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाइ स्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।