जय नेपाल फाउन्डेशनले विद्यार्थीलाई पोशाक वितरण

विक्रम सुनार
बागलुङ, माघ ३
बागलुङको मालिकाको ३ विभिन्न विद्यालयका विद्यार्थीलाई जय नेपाल फाउन्डेशन बागलुङले सोमवार पोशाक वितरण गरेको छ ।
मालिका–५ को मालिका मावि,मालिका–७ पञ्चालसेको मालिका आधारभुत विद्यालय र बालश्रम प्रावि मालिका–९ साँझ खोलाका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
समुन्द्र सतहबाट करिव १८ सय मिटर उच्च स्थानमा रहेकाले अत्याधिक चिसोका कारण विद्यार्थीहरुको पठन–पाठन तथा दैनिकीमा कठिन भएकाले विद्यार्थीको अध्ययनका लागि सहजता ल्याने उदेश्यले सहयोग गरिएको फाउन्डेशनले जनाएको छ ।

DSC00536३ विद्यालयका १ सय ५० जना विद्यार्थीहरुलाई १ लाख ५० हजार बराबरको पोशाक वितरण गरिएको जय नेपाल फाउन्डेशन बागलुङका संरक्षक फुलप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा सांसद चम्पादेवी खडकाले विद्यार्थीहरुको देशका कर्णधार भएकाले सानै देखी उनीहरुको पठनपाठनको राम्रो वातारण निर्माण अभिभावक, शिक्षकको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।
साथै मालिकाको समग्र शैक्षिक, स्वास्थ्य लगायतको विकासको कार्यका लागि सम्पुर्ण एक हुन र मालिकालाई नमुना गाउको रुपमा स्थापित गर्न आग्रह गर्नुभयो ।
३ वटै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु आर्थिक अवस्था न्युन भएकाले अष्टे«लियामा अध्ययनरत बागलुङका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर साना–साना विद्यार्थीहरुको लागि सहयोग सह्रानीय भएको मालिका आधारभुत विद्यालयका प्रअ नारायण प्रसाद गौतमले जानकारी दिनुभयो ।
DSC00553

सोही अवसरमा जिल्ला शिक्षा कार्यलयले ल्याएको निति एक शिक्षक एक झोला अन्तरगतको विद्यालयमा अध्यापन गराउदै आएको शिक्षकहरुलाई झोला समेत वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेश महासमिति सदस्य जगदिसचन्द्र उपाध्यय, क्षेत्रीय सभापति चिरञ्जीवि गौतम,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ बागलुङका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, कार्यवहाक अध्यक्ष युवराज राजभण्डारी, जय नेपाल फाउन्डेशन बागलुङका संरक्षक फुलप्रसाद सापकोटा,नेपाल महिला संघ क्षेत्रीय कोषाध्यक्ष सीता सापकोटा, मालिका आधारभुत विद्यालयका प्रधानध्यापक नारायण प्रसाद गौतम, बालश्रम प्राविका प्रअ दयाराम रेग्मी, श्रीकृष्ण आधारभुत विद्यालय व्यवस्थापन समितिका सदस्य बलाराम सापकोटा, एकता युवा क्लवका सन्तोष किसान, जैविक विविधता युक्त सामुदायिक वनका तुलसीराम सापकोटा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम मालिका आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षता,शिक्षक देवप्रसाद सापकोटाको स्वागत र शिक्षक जयभद्र सापकोटको संचालनमा सम्पन्न भएको थियो ।
साथै मालिका आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धि तथा भौतिक संरचनाको लागि गत वर्षमा ८० हजारको अक्षय कोष निर्माण गरेको फुलप्रसाद सापकोटाले जानकारीदिनुभयो ।