अग्नी पीडितलाई प्रवासी द्वारा सहयोग

बागलुङ, १ माघ
सिगाना तित्याङका जापानमा रहेका खड्का बन्धुहरु मिलेर सिगान १ गडेलबोटका अग्नी पीडित मोतिलाल जि.सी.लाई ५३ हजार ५ सय ३८ रुपैयाँ सहयोग भएको छ । जि.सी.को घरमा पुस १५ गते लागेको आगोको कारण घर, गोठ र अन्नपात सवै जलेको थियो ।
हाल जापान रहनुभएका दुर्गा बहादुर खड्का र राजेन्द्र खड्काको संयोजनमा २२ जनाले उक्त रकम संकलन गरिएको थियो । संकलित रकम शनिवार अग्नी पीडित परिवारलाई खड्का समाजको तर्फबाट हस्तान्तरण गरिएको हो ।
कार्यक्रमको बारेमा समाजका सदस्य राम बहादुर खड्का र अग्नी पीडित परिवारको बारेमा जगत जि.सी.ले जानकारी दिनुभयो । खड्का समाजका अध्यक्ष महेन्द्र खड्काको अध्यक्षता, समाजका सदस्य राम बहादुर खड्का सुसेलीको स्वागत र सदस्य महेन्द्र खड्का को सञ्चालनमा सम्पन्न भएको थियो ।