बागलुङ, १७ पुस
जिल्लाको भीमापोखरामा रहेको भीमापोखरा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः ओमादेवि केसी चयन भएकी छिन् ।
सहकारीको शनिबार सम्पन्न ११ औं साधारणसभाले केसीको अध्यक्षतामा ११ सदस्य संचालक समिति चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा जमुना भण्डारी, सचिवमा खिमाकुमारी शर्मा, सहसचिवमा राधिका उपाध्याय, कोषाध्यक्ष शान्ति मल्ल, सदस्यहरुमा हरिकला शर्मा, लक्ष्मी शर्मा, सन्तारी किसान, सविना गौतम, फुलमाया विक । कोपिला केसी रहेका छन् ।
यस्तै हरिकला थापाको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा माया कुमारी तथा र सिता शर्मा केसी रहेका छन् ।
साधारणसभाको उद्घाटन पछि बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारीहरु आफ्नो विधानभित्र रहेर काम गर्नुपर्ने बताएका थिए । उनले महिलाहरुको क्षमता अभिवृद्धी तथा आत्मनिर्भर बन्नको लागि पनि सहकारीहरुले तालिमहरु दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल सूचना तथा सञ्चार केन्द्रिय सहकारी संघका लेखा समिति सदस्य खिम बहादुर कार्की, महिला विकास कार्यालयका साहयक निरिक्षक रस्मिता गौतम, आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका संचालक समिति सदस्य गंगाकुमारी शर्मा, सहकारीकी सञ्चालक समिति सदस्य सविना गौतम र भीमापोखरा गाविसका सहजकर्ता जगुमाया विकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीले आ.व. २०७२÷०७३ सम्म ४४ लाख ४५ हजार १ सय ४६ रुपैयाँ कारोबार गरेको सहकारीकी सचिव खिमा कुमारी शर्माले जानकारी गराइन ।
सहकारीकी अध्यक्ष ओमदेवि केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष जमुना भण्डारी र संचालन सचिव खिमा कुमारी शर्माले गरेकी थिइन ।










