
बागलुङ, ४ पुस
बागलुङको भीमापोखरामा गठित लोकहित कृषि तथा बाख्रा उत्पादक सहकारी संस्था र बानपा–४ मा रहेको सिम्रिक कृषि तथा पशुपालन व्यवसायिक कृषि सहकारी एकीकृत हुने भएको छ ।
लोकहित कृषि तथा बाख्रा उत्पादक सहकारी संस्थाको शनिबार सम्पन्न वार्षिक साधारणसभाले सिम्रिक कृषिसँग एकीकृत भई कारोबार गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
लोकहित सहकारी संस्थाले हालसम्म १२ लाख बराबरको कारोबार गरेको छ भने ६६ जना सेयर सदस्य रहेका छन । विगत पाँच वर्षेदेखि भीमापोखरा गाविस कार्यक्षेत्र बनाई सहकारीले कारोबार सचालन गर्दे आएको थियो ।
यता सिम्रिक सहकारी संस्थामा ५२ लाख सेयर रकम र ५ सय ५३ जना सेयर सदस्य रहेका छन ।










