अन्नपूर्ण सहकारीको आठौ वार्षिक साधारण सभा

बागलुङ, २५ मंसिर
अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था बागलुङको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन पछि बोल्दै समाजसेवी कर्णबहादुर हमालले सहकारी संस्थाहरुले उत्पादन मुलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण शर्मा, अशोक गोविन्द राजभण्डारी, रतन मलेपति, गणेशप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
सहकारीले गत आर्थिक वर्षमा २६ करोड, ४० हजार, ९ सय ३७ रुपैयाँ कारोवार गरेको संस्थाका कोषाध्यक्ष कमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा सर्वाधिक कारोवार गर्ने सस्था सर्वसिद्धि सप्लायर्स, जेष्ठ नागरिक मंगलादेवी राजभण्डारी, उत्कृष्ट कारोवारी विरबल श्रेष्ठ, कर्मचारी खिमबहादुर श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दयाराम पौडेलले गर्नुभएको थियो ।