सहकारी संचालक र व्यवस्थापनकलाई तालिम सकियो

बागलुङ, १९ मंसिर
बागलुङको भीमापोखरामा संचालित सहकारी संचालक र व्यवस्थापकलाई तीन दिने पुर्नताजगी तालिम शनिबार सम्पन्न भएको छ ।
‘इमान्दारिता र पारदर्शीता, सहकारीको अपरिहार्यता’ भन्ने नाराका साथ डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना र गुँहेली संचार सहकारीको व्यवस्थापनमा तालिम सुरु भएको हो ।
तालिम समापन समारोहमा बोल्दै नेपाल सूचना तथा संचार सहकारी संघ केन्द्रीय लेखा समिति सदस्य खिमबहादुर कार्कीले सहकारीलाई उत्पादन मुलक र गरिवि निवारण मुखी बनाउनु वर्तमानको मुख्य चुनौती रहेको बताउनु भएको थियो ।
तालिममा सहकारीका संचालक तथा व्यवस्थापकहरुको काम, कर्तव्य, ऋण लगानी, बचत संकलन तथा ऋण असुली, सदस्यता विस्तार, लेखा व्यस्थापन लगायतको विषयमा सहजिकरण गरिएको थियो ।
कार्यक्रममा सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी सस्थाका अध्यक्ष मणीभद्र शर्मा, भीमापोखरा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमादेवी केसी, लोकहित सहकारी संस्थाका अध्यक्ष चित्रबहादुर कार्की, सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्यबहादुर थापा, गुहेली संचार सहकारीका कोषाध्यक्ष प्रसाद थापा लगायतले बोल्नु भएको थियो ।
सहकारी निरिक्षक सोमकान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक निरीक्षक ढोलाराम शर्माले गरेका थिए । तालिममा भीमापोखरामा संचालित १० सहकारी संस्थाका २६ जनाको सहभागीता रहेको थियो ।