एक दशकमा ५० सहकारी खारेज (नामावली सहित)

बागलुङ, १४ मंसिर
करिव एक दशककोे अवधिमा धौलागिरी अञ्चलका ५० सहकारी संस्था खारेज भएका छन ।
डिभिजन सहकारी कार्यालय बागलुङको पछिल्लो तथ्याङ्कअनुसार बागलुङमा ५० सहकारी खारेजीमा परेका हुन ।
डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माका अनुसार बागलुङका २५, पर्वतका १८, म्याग्दीमा ६ र हिमाल पारिको जिल्ला मुस्ताङमा १ गरी कुल ५० वटा सहकारी खारेजी गरिएको छ ।
नियमित कारोबार नगरी निष्क्रिय रहेका सहकारी संस्थाहरु खारेजीमा परेको डिभिजन सहकारी कार्यालय बागलुङ प्रमुख शर्माले बताए ।
सहकारी ऐन २०४८ अन्तर्गत रहेर कारोबार नगर्ने, वित्तीय विवरण डिभिजन कार्यालयमा नबुझाउने र लेखा परीक्षण नगर्ने सहकारीलाई नियम बमोजिम खारेज गरिएको शर्माको भनाई छ ।
दुई वर्षभन्दा बढी सयमदेखि निश्क्रिय रहेका सहकारीलाई खारेज गर्ने प्रावधान छ । खारेज भएका अधिकांश सहकारी चार/पाँच वर्षदेखि निश्क्रिय अवस्थामा थिए । सहकारी कार्यालयको तथ्याङ्कअनुसार वर्षेनी पाँचदेखि सात वटासम्म सहकारी खारेजीमा पर्ने गरेका छन् ।
1

2345