धवलागिरी एफएम १४ औ बर्षमा प्रवेश

बागलुङ, २७ कात्तिक
धौलागिरिको पहिलो बिद्युतीय संचार माध्यम धौलागिरि एफएम आजदेखि १३ बर्ष पुरा गरी १४ औं बर्षमा प्रवेश गरेको छ ।

२०६१ साल कार्तिक २७ गते आफ्नो प्रशारण शुरु गरेको धौलागिरी एफएमले १३ औ बार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी तथा धौलागिरी अञ्चल अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

धौलागिरी एफएम कार्यालय परिसरबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी धौलागिरी अञ्चल अस्पताल पुगेर अस्पतालमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरिएको थियो ।

सो अवसरमा बोल्ने वत्ताहरुले धवलागिरी एफएमको बिगत देखिको सन्तुलित भुमिकालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् ।dsc09250

कार्यक्रममा जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले समाजको तिव्र विकास र परिवर्तनमा सञ्चार माध्यमको भुमिका अपरिहार्य भएको बताउनुभयो । जिल्लाको विकासमा धौलागिरी एफएमको भुमिका स्मरणीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमख डाक्टर सागर राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य सघंका कार्यवाहक अध्यक्ष युवराज राजभण्डारी, बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बार्षिकोत्सवका अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत आयोजित रेडियोबाट प्रत्यक्ष वत्तृत्वकला प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमशः नगद २ हजार, १५ सय, १ हजार र ५ सय सहित पुरस्कृत गरिएको थियो । संविधान कार्यन्वयनमा संचार माध्यमको भुमिका बिषयक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा नगरपालिकाका ७ बिद्यालयका बिद्यार्थीले सहभागिता जनाएकोमा अमृत आदर्श आवासिय विद्यालय बागलुङका सिजन सापकोटा प्रथम, न्यू ओयसिस एकेडेमीका कुशलता सापकोटा द्धितिय, कालिगण्डकी आवासिय बिद्यालयका प्रविणा कार्की तृतिय र बिद्या मन्दिर माध्यमिक बिद्यालयका लक्ष्मी पुनले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।

कार्यक्रम धौलागिरी एफएम प्रालिका अध्यक्ष दुर्गादत्त आचार्यको अध्यक्षता, पूर्व अध्यक्ष दयाराम पौडेलको स्वागत र सम्पादक दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच, १४ औ बर्ष प्रवेशको अवसरमा धौलागिरि एफएमले सम्पूर्ण स्रोता, बिज्ञापनदाता, संचालक सदस्य, शेयर सदस्य, कर्मचारी लगाएत शुभेच्छुक शुभचिन्तक सबैमा शुभकामना सहित आभार व्यक्त गरेको छ ।

धौलागिरि एफएमका अध्यक्ष दुर्गादत्त आचार्य र सचिव रामकृष्ण शर्माले प्रेस बिज्ञप्ती प्रकाशित गरि एफएमलाई यहाँ सम्म ल्याइपु¥याउन सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन सहित शुभकामना व्यक्त गर्नु भएको छ । बिज्ञप्तीमा सवैको साथ र सहयोगमा एफएम समय सापेक्ष रुपमा परिस्कृत हुदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

२०६१ कात्तिक २७ गतेदेखि प्रशारण शुरु भएको धवलागिरी एफएमले २०६१ पुस १ गतेदेखि समाचार प्रशारण शुरु गरेको थियो । शुरुमा बिहान, दिउसो र सांझ मात्र समाचार प्रशारण शुरु गरेको एफएमले ०६१ माघ १९ गतेको कदमपछि ०६२ भदौ १५ गतेसम्म समाचार बन्द गर्नुपरेको थियो । ०६३ माघ १ गतेदेखि प्रत्येक घण्टा समाचार प्रशारण शुरु भएको र हालसम्म पनि निरन्तर प्रशारण हुदै आएको धौलागिरी एफएमका समाचार सम्पादक दिल शिरीषले बताउनुभयो ।

बिहान ५ बजेदेखि राती १० बजेसम्म १८ घण्टा प्रशारण हुने एफएमले मुख्य हालचाल, धौलागिरी सेरोफेरो, धौलागिरी गतिविधि, बुलेटिन, समयचक्र लगायत १३ वटा समाचार एफएमको समचारकक्षबाटै र बिबिसी लगायत ७ वटा राष्ट्रिय समाचार गरी २० वटा समाचारमुलक कार्यक्रम प्रशारण भइरहेको सम्पादक शिरीषको भनाई छ ।

एफएमबाट मनोरञ्जनात्मक, शिक्षामूलक, साहित्यीक र समसामयिक विषयमा विभिन्न कार्यक्रम पनि प्रसारण हुदै आइरहेका छन् ।

सत्य तथ्य र सन्तुलित समाचार प्रशारणको नारा सहित एफएम प्रालिले ग्रामिण तहमा सञ्चारको विकास गर्नका लागि धौलागिरिमा पहिलो पटक एक गाविस एक पत्रकार भन्ने नाराका साथ विभिन्न गाविसमा प्रतिनिधि राखेर समाचार संकलन र प्रशारण गर्ने कार्यलाई पनि निरन्तरता दिदै आएको छ ।