बागलुङ, २७ कात्तिक
बागलुङ नगरपालिका–२ स्थित हाडेपाखा सडक निर्माण उपभोक्ता समितिले लागत स्टिमिट भन्दा कम पैसामा सडक ढलान गरेको छ ।
संघीय मालिमा तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोष कार्यक्रम अन्तर्गत हाडेपाखा सडक ढलान तथा नालिनिर्माण उपभोक्ता समिति बानपा–२ बागलुङले ५५ लाख एक हजार आठ सय लागत स्टिमेट गरेको सडक ४७ लाख रुपैयामा निर्माण कार्य सम्पन्न गरेको छ ।
उपभोक्ता समितिले शनिबार आय व्याय सार्वजनिक गर्दै नगरपालिका कार्यालय मार्फत ३५ लाख र उपभोक्ताको तर्फबाट संकलित २० लाख एक हजार ८ सय गरी ५५ लाख एक हजार आठ सय स्टिमेट गरिएको सडक ४७ लाख विस हजार खर्च भएको सार्वजनिक गरेको हो ।
समितिले बाकीँ ५ लाख ८१ हजार ८ सय रुपैयाँ उपभोक्तालाई फिर्ता गरेको समितिका सदस्य धनबहादुर कार्कीले जानकारी दिनुभयो । सडक आठ सय ६० मिटर लम्बाई र ३ देखि पाँच मिटर चौडाई रहेको छ
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष युक्तप्रसाद कँडेलको अध्यक्षता, सदस्य धनबहादुर कार्कीको स्वागत र राजकुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपभोक्ता समितिका दुर्गा गै्रे, डिल्लीराज उपाध्यक्ष, चेतनारायण गौतमले बोल्नुभएको थियो ।