कालिगण्डकी नदीले बगाएर एक महिलाको मृत्यु

हरिकृष्ण गौतम
म्याग्दी, २६ कात्तिक
कालिगण्डकी नदीमा बगाएर ल्याएको दाउरा छोप्न जाँदा एक महिलालाई खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको दग्नाम–९ दर्मिजा गाविस घरभई पर्वतको माझफाँट–८ बौरमा बस्ने ३९ बर्षिया कुमारी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार करिव १ बजे नदीमा दाउरा देखेपछि निकाल्न खोज्दा बगाएको थियो ।
खोलामा खसेपछि चिच्चाएकी विकलाई उद्धार गर्ने प्रयाससफल नभएपछि स्थानीय र प्रहरीको टोलीले करिव ७ सय मिटर तल मृत अवस्थामा बाहिर निकालेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
‘जिवितै उद्धारको प्रयास सफल भएन् । खोलामा खसेलगत्तै प्रहरीको टोली घटनास्थलमै पुगेको थियो’ उनले भने । कालिपुलको पक्की पुलनेरबाट वाहिर निकाली जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । म्याग्दी र कालिगण्डकीमा दाउरा सङ्कलन गर्न जानेहरूले ज्यान जोखिममा राखेर नदीका जाने गरेका छन् । बालबालिका देखी बुढापाका समेत नदी आसपासका क्षेत्र जाँदा ज्यान नै जोखिममा पर्ने गरेको छ ।