म्याग्दीको मोवाईल पसल चोरीमा संलग्नलाई अभिभावको जिम्मा लगाइयो

म्याग्दी, २६ कात्तिक
पश्चिम म्याग्दीको बावियाचौर–५ मा मोवाइल पसलमा चोरी गर्ने दुई बालकलाई प्रहरीले सामान सहित पक्राउ गरेको छ । बावियाचौरका दिपक खड्काको मोवाईल पसलबाट चोरी गर्ने बावियाचौरका गजेन्द्र विक र इन्द्र विकलाई डिस्को मोबाईल दुई थान, घडी दुई थान, टर्च लाईट १ थान, मेरोरी कार्ड, एनसेलको सिम र रिजार्ड कार्ड, मोवाईल चार्जर चोरेर फरार भएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले सामान मोवाईल पसलेलाई फिर्ता दिएको छ भने चोरीमा संलग्न दुवैजना नाबालक भएकाले अभिभावको जिम्मा लगाएको छ । पछिल्ला केही महिना यता सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रमा चोरीमा संलग्न हुने कम उमेरका बालबालिकाको संख्या बढेको छ । १० देखी १५ बर्षसम्मका बालबालिकाहरू मध्यरातमा समुह बनाएर किराना पसल,होटल,यातायातका साधन टोडफोड गरेर समेत सामान चोरी गर्न थालेपछि प्रहरीलाई नियन्त्रणमा समेत हम्मेहम्मे परेको छ ।
‘समुह बनाएर चोरीकार्यमा संलग्न भएको देखिएको छ । चोरी गर्नुपुर्व योजना बनाउने गरेको भेटियो’ प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले भने । बेनीबजारमा चोरी गर्ने स्कुले विद्यार्थीले सामाजिक सञ्जाल सहित इन्टरनेटको माध्यबाट चोरीको शैली सिक्ने गरेको समेत प्रहरीले जनाएको छ । यसैविच प्रहरीले चोरीमा संलग्न भएकाहरुको अभिभावकलाई बोलाएर समेत सचेत गराउने गरेको छ ।