
बागलुङ, २३ कात्र्तिक
बागलुङ बजारभित्र ट्राफिक व्यवस्थापनलाई कडाई गरेका ट्राफिक प्रहरील गाडीहरुलाई पनि साङ्लोले बाध्ने अभियान शुरु गरेको छ ।
अभियानका क्रममा मंगलबार सदरमुकामको लोकतान्त्रिक चोकमा रोकि राखेको स्र्कापियो गाडीमा साङ्लो लगाईदिएको छ ।
सडक छेउमा आवागमनमा बाधा पुग्ने गरी पार्किङ नगर्न पटक पटक आग्रह गर्दा समेत व्यवसायीले अटेर गरे पछि साङ्लो लगाउनु परेको ट्राफिक प्रहरीले बताएको छ ।
धौलागिरी बस व्यवसायी समिति अन्र्तगतको स्कारपियो सञ्चालक समितिले लोकतान्त्रिक चोकमा टिकट काउन्टर सञ्चालन गर्दै आएको छ । लोकतान्त्रिक चोकमै राखिएको टिकट काउन्टरको केही महिना पहिले बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उदघाटन गर्नु भएको थियो ।
गाडि पार्किङ गर्नै नमिल्ने ठाउँमा टिकट काउन्टर राख्न दिनु र फेरी ट्राफिक प्रहरीले कारवाही गर्नु बिरोधाभास भएको भन्दै स्थानीय प्रहरी प्रशासन यसमा विषयलाई गम्भिरताको साथ ग्रहण गर्नुपर्ने बन्नु पर्ने स्थानीयको भनाई छ ।










