जथाभावि पार्किक ? होसियार साङ्गलोले बाँधिएला !

बागलुङ, २२ कात्तिक
जिल्ला ट्राफिक कार्यालय बागलुङले सदरमुकाम भित्रका ट्राफिक व्यवस्थापनलाई कडाई गरेकोे छ ।
ट्राफिक प्रहरीले सडकमा जथाभावि पार्किङ्ग गरेर सडक साँधुरो बनाउने तथा आवात जावतमा समस्या सिर्जना गर्ने सवारीलाई ठाउँको ठाउँ साङ्गलो लगाएर नियन्त्रण अभियान संचालन गरेको हो ।
सवारी साधान जभावित पार्किङ्ग गरेर सडकलाई अव्यवस्थित बनाउनुको साथै ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गर्ने चालकहरुलाई कार्वाहीको लागि ‘साङ्गले’ अभियान सुरु गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख विकास तिमिल्सीनाले जानकारी दिनुभयो ।
सवारी पार्किङ्ग गरी चालकहरु लामो समयसम्म नआउने, साँधुरो सडकमा पार्किङ्ग गर्दा पैदल यात्रीलाई समेत समस्या र दुर्घटनाको खोजिम बढेको कारण शनिबारदेखि उक्त अभियान संचालन गरिएको हो ।
जिप, बस, मोटरसाईकल जस्ता सवारीहरुरुलाई सडकमै एक आपसमा बाँडेर लापर्वाही गर्ने चालकहरुलाई कानुनी दायरामा लिने गरेको तिमिल्सीनाले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा सडकको अवस्था अत्यान्त साँधुरो भएकाले पैदल यात्रीहरु सडकको दाहिने किनाराबाट हिडन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बागलुङ बजारमा पैदल यात्रुहरुले ट्राफिक नियमलाई बढी वेवास्ता गर्दा दुर्घटना हुने सम्भावना बढी भएको प्रहरी सहायक निरिक्षक तिमिल्सीनाको भनाई रहेको छ ।
त्यस्तै, प्रहरीले ठूलो स्वर आउने गरी संचालनमा आएका भिआर र बुलेट बाईकलाई नियन्त्र तथा सुधार अभियान समेत संचालन गरेको छ । ध्वनी प्रदुषण हुने गरी संचालन हुने भिआ र बुलेट बाईक चलाउने सवारी धनिलाई तत्काल साईलेन्सर राख्न लगाइएको छ ।