नेपालले आज टिमोरसँग खेल्दै

काठमाडौं, २० कात्तिक
मलेसियामा चलिरहेको एएफसी सोलिडारिटी कपमा नेपालले शनिबार टिमोर लिस्टेसँग खेल्दैछ ।
मलेसियाको कुचिङमा रहेको सारावाक रंगशालामा नेपाली समय अनुसार बेलुकी सवा पाँच बजेदेखि नेपाल र टिमोर लिस्टेबीचको खेल सुरु हुनेछ । टिमोर नेपालभन्दा कमजोर प्रतिद्वन्द्वी हो ।
यसअघि नेपालले सन् २०११ मा भएका दुई खेलमा पूर्वी टिमोरलाई पराजित गरेको थियो । सन् २०१४ को विश्वकप छनोटका लागि भएको खेलमा नेपालले पहिलो लेग २-१ र दोस्रो लेग दशरथ रंगशालामा ५-० ले जितेको थियो ।
नेपाली प्रशिक्षक ग्यातुकी कोजीले उपाधि जित्नु नेपालको लक्ष्य रहेको बताएका छन् । आफूले टिमोरलाई कमजोर नआँकेको बताएका छन् । नेपालको समूहमा ब्रुनाई र टिमोर छन् । टिमोर पहिलो खेलमा ब्रुनाईसँग पराजित भएको छ ।