
१
तिमी आयौ र त रम्न सिक्दै छु !
दिल्मा छायौ र त रम्न सिक्दै छु !
एक्लै थिए पैले, तिमी साथ छौ ऐले,
माया लायौ र त रम्न सिक्दै छु !
२
तिमी नै त मेरो आधार जिन्दगीको !
परिवर्तन बनाउछु लाचार जिन्दगीको !
संगत मात्रै गर तिमी तारा छुनेछौ,
नमुना हुनेछ साभार जिन्दगीको !
३
मन दुख्छ अन्त नाता जोड्ने कुरा नगर !
जुनिभरी भनेको नाता तोड्ने कुरा नगर !
भर परेकी छु तिम्रै सानू जीवन साथी सम्झी
तिम्रै आसमा छु म साथ छोड्ने कुरा नगर !
४
कसरी काट्छु यी रात नसोध मलाइ!!
तिमि बिना कस्तो छ हालात नसोध मलाइ!
न कुनै छत न कुनै छात्ता मेरो सिर माथी,
उफ यो तिम्रो याद को बर्षात नसोध मलाई!
५
रहर छ मलाई साहित्य सिक्ने हजुर!!
सबै सुख दुख मन बाटै झिक्ने हजुर!!
चाहिएको छ मलाई साथ कसैको,
अब जुनिभर नछुटि टिक्ने हजुर !!
तेजस्वी सरिता गौतम










