
कवि: “समर्पित बिमस ”
को?छ र यहाँ,पहाडी भन , को छ र हिमाली।।
को?छ र यहाँ , मधेसी भन, सबै हो नेपाली ।।
पूर्वको मेची , पश्चिम काली,नसामा बग्दछन्।
तिलिचो रारा,फेवा र सारा, मुटुमा बस्दछन्।।
भोटेको छोरा, थारुको छोरी, दाजु र बहिनी ।
लगाई हिन्छन्, घलेक भाङ्ग्रा,दौरा र पटुकी।।
भाषा र धर्म , संस्कृति कला , सबैको छहारी ।
सयौ छन् जात, नेपाल नाम , फूलको यो बारी ।।
सगरमाथा, शिरमा टोपी , कम्मरमा खुकुरी ।
त्यो पशुपति, शान्तिको भूमि,बुद्धको लुम्बिनी।।
हिमाल दुख्दा , तराई दुख्छ , रुदछ पहाडी ।
काँधमा काँध , मिलाई बस्छौं,शत्रुको अगाडि।।
नटुटे सम्म , जून र तारा , नेपाली टुट्दैनन्।
नछुटे सम्म , गुराँस -डाफे ,नेपाली छुट्दैनन्।।
को?छ र यहाँ, पहाडी भन, को छ र हिमाली।।
को?छ र यहाँ , मधेसी भन, सबै हो नेपाली ।।
देउपुर १,पर्वत










