काठमाडौं, ७ कात्तिक
जापानको उत्सुनोमिया सहरमा आइतबार लगातार भएका विभिन्न विस्फोटमा एक जनाको मृत्यु भएको तथा दुई जना घाइते भएको त्यहाँका अत्यावश्यक सेवाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उक्त विस्फोट जपानको राजधानीबाट उत्तरतर्फको तोचिजी प्रान्तको एक भवनको पार्किङमा स्थानीय समयअनुसार बिहान ११ः३० मा भएको बताइएको छ । आक्रमण के कारणले भएको भन्ने अझै थाहा हुन नसकेको बताइएको छ । जापानको क्योदो समाचार संस्थाका अनुसार घटनास्थल नजिक परम्परागत सांस्कृतिक उत्सव कार्यक्रम भइरहेको थियो ।










