काठमाडौं, २८ असोज
हामीले कछुवा र खरायोको दौडका बारेमा त पढेकै हुन्छौं । कथामा खरायो सुतिराख्दा कछुवाले दौड जितेको हुन्छ । तर कछुवा र खरायोको दौड भने कसैले देखेको छैन् ।
यदि वास्तवमै कछुवा र खरायोको दौड हुने हो भने धेरैको सोचाइ खरायोले जित्ने हुन्छ । तर वास्तविक दौडमै खरायोले कछुवालाई हराएको छ । हालै थाइल्याण्डको के टेक नामको मोबाइल सम्बन्धी पेज IAUMReview नाम दिएर राखिएको भिडियो अहिले भाइरल भइरहेको छ ।
यो भिडियो दुइदिनमा एक करोडभन्दा बढीले हेरेका छन् । उक्त भिडियोमा कछुवा र खरायो एकैसाथ दौडेका हुन्छन्, बीच बाटोमा खरायो रोकेर बस्छ भने कछुवा बिस्तारै हिँड्दै प्रतियोगिता जित्छ ।
हेर्नुहोस् भिडियोः