
खिम बहादुर कार्की
भीमापोखरा गाविस वडा नम्बर ६ मा जन्मेर म्यूजिक भिडियोमामा जमेका सज्जन हमालले संचालन गरेको हमाल म्यूजिकको प्रस्तुतीमा बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा नयाँ म्यूजिक भिडियो बजारमा ल्याएको छ ।
विदेशमा रहेर दशै तिहारमा गाउँघर आउन नपाएका युवाहरुको दुखमा बनाइएको ‘यसपालीनी घर आउन पाउदिन’ म्यूजिक भिडियो रमाइलो ओखलढुङ्गा रोधी ग्रुपले बजारमा ल्याएको हो ।
प्रिया सेन्चुरीले लेखेको उक्त गितमा संगित सिगा माझिले भरेकी हुन् । रामजी खाँड र प्रिया सेन्चुरीको स्वर रहेको गितमो भिडियोमा सज्जन हमाल, प्रिया सेन्चुरी, अमृता तामाङ र जगानाथ शर्माले अभिनय गरेका छन् । उक्त भिडियोको सम्पादन सुजन शाही र निर्देशन सरोज रोशन भट्टाराइले गरेका हुन् ।
भिडियो
https://youtu.be/R93Tirrvvlk
२०७३ असोज ६ गते प्रकाशित










