
हरिकृष्ण गौतम
म्याग्दी, ५ असोज
उत्तरी म्याग्दीको दाना गाविस–२ मा मंगलबार राती नकावधारीको एक समुहले लुटपाट गरेको छ । मध्यरातमा पाँचजनाको समुहमा आएका लुटेराले ४६ बर्षिया बुद्धिमायाँ बुढाथोकीको घरमा लुटपाट गरेर फरार भएको दान प्रहरी चौकीले जनाएको छ ।
लुटेराले बुढाथोकीको ४० हजार, एक तोलाको औठी, एक तोलाको रिङ लुटेको प्रहरी जवान गोविन्द बहादुर विष्टले बेनीअनलाइनलाई जानकारी दिए । योजनाबद्ध तरिकाले आएका लुटेराहरु मध्ये दुईजना घरभित्र पसेको र तीनजनाले बाहिर सेन्टी बसेको बुझिएपनि लुटेराको पहिचान खुल्न सकेको छैन् । बुढाथोकीको घरमा लुट्नु पुर्व आसपासका क्षेत्रमा रहेका ५ घरको बाहिरबाट चुक्कुल समेत लगाएको पाइएको छ ।
छिमेकीले प्रतिकार गर्न सक्ने सम्मको योजना बनाएर आएका लुटेराहरूका खोजीकार्यका लागि छिमेकी गाविसहरूमा समेत प्रहरी परिचालन गरिएको छ ।
काभ्रेबासी त्रसित भएका छन् ।चौकीका प्रमुख एवम् प्रहरी निरिक्षक सविन भण्डारीको कमाण्डमा एक टोली घटनास्थल हुदै आसपासका क्षेत्रमा खोजीकार्यमा खटेको छ । प्रारम्भीक अनुसन्धानका आधारमा पुर्व योजना तथा गाउँको बस्तुस्थिती बुझेकाहरूले लुटेको हुनसक्ने अनुमान गरिएको छ । यसैविच गाउँकै नविन भनिने एक यूवाको पसलमा समेत लुट्न जाने क्रममा भ¥याङ खसेपछि लुटेरा फरा भएको प्रहरीले जनाएको छ ।










