प्रतिष्ठानको अध्यक्षमा भिड्दै गायक बिष्णु खत्री

केपी कुमार जलन/बागलुङ्
कोही त हुने मालिका त कोही त हुने दासा¸किन हुन्न यो धर्तीमा सवलाई एकै नास भरिया दाईले बिसाउने भारी सुन माया डाडैको चौपारी यस्तै यस्तै मार्मिक शव्द कोर्ने गायक धौलागिरी  अंचल बागलुङ् जिल्लाको गल्कोट मल्ममा जन्मिएका बहुचर्चित गायक बिष्णु खत्री राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको छैटौ महाधिबेशनमा अध्यक्षको लागि चुनाव मा उभिदै छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनको उद्धघाटन सम्माननीय उपराष्ट्रपति ज्युबाट हुने भएको छ ।
समाज परिवर्तन  गर्ने खालका गित संगितहरुको उजागर गर्ने गायक बिष्णु खत्री यसपालीको महाधिबेशनब बाट अध्यक्षको लागी आफुलाई सवैको साथ र सहयोग मिल्ने बताएका छन सांगीतिक क्षेत्रमा डेढ़ दसक लामो यात्रा गरेका बिस्नु खत्रीले थुप्रै सांगीतिक क्रान्ति गरेका छन जातीय लड़ाई अन्तरजातीय विवाह देखि राष्ट्रिय लड़ाई कि सास चाहियो कि लास जस्ता अनेकौ सांगितले चर्चा बटुलेका उनी अन्तराष्ट्रीय जगतमा ५० औ मुलुकमा पुगेर सुमधुर स्वर पस्केका उनै बिस्नु खत्री यति खेर लोकगीत प्रतिष्ठान को अध्यक्ष पदको चुनाबी मैदानमा उत्रिदै छन, शिक्षा को हिसाबमा पनि अग्रज मानिने बिस्नु खत्री सम्पूर्ण लोक पाराखि कलाकारहरुले भारी मत ले विजय गराउन अपील गरेका छन ।
लोक तथा दोहोरी क्षेत्रका चर्चित हस्ती, लोक सांगितिक दुनियाँका उज्ज्वल नक्षेत्र, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पुर्वमहासचिव विष्णु खत्रीले भनेका छन कि म “लोक संगीतका लागि राज्यसंग लडाइ लड्छु सेन्सरको ब्यस्था गर्ने छु बिकृती हटाउने कोसिस गर्ने छु राजनीति गर्न दिदिन यो उनको एक चुनौती हो ।
हिमाल, पहाड र तराईका गीत गाउने सफल गायक, गरिब र बिदेसिका पीडालाई गीतको माध्यमबाट जनता सम्म पुराउने । पाखापंधेरा, टोल अनि बस्ति बस्ति र खोलानालाका आवाजलाई टपक्क टिपेर गीत संगीतको माध्यमबाट नेपाली श्रोता माझ पस्कने अति नै सिपालु गायक प्रत्येक नेपालीको मन मुटुमा बस्न सफल चर्चित लोकप्रिय र बिज्ञ गायक बिष्णु खत्रीले धौलागिरीको मात्र नभई सिंगो नेपालको सान उच्च बनाउने छन ।