पत्रकार राम बहादुर जिसीलाई पत्रकारिता पुरस्कार

बागलुङ, २६ भदौ – पोखरा रोयल सहकारी संस्था लिमिटेड कास्कीले स्थापना गरेको रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार २०७२ बाट बागलुङका पत्रकार तथा सहकारीकर्मी रामबहादुर जि.सी. पुरस्कृत भएका छन ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदान कदर गर्दै जिसीलाई रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।
सहकारीको १५ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका सञ्चालक प्रभा कोइराला र संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले जिसीलाई नगद तथा सम्मान पत्र सहित पुरस्कृत गरेका थिए ।
पश्चिमाञ्चल विकास क्षेत्रमा रहेर सहकारी क्षेत्रको प्रवद्र्धनमा उत्कृष्ट योगदान गर्ने एक जना पत्रकारलाई प्रदान गरिने पुरस्कारको राशी नगद ५ हजार ५ सय ५५ रहेको छ ।