गजल

गाैतम मनीष

बेजाेडले चिरेकाे हाे, खत छ हेर्न अाऊ ।
पीडासगर मभित्रै उन्नत छ हेर्न अाऊ ॥

याे जिन्दगी सुनाैलाे पारेर राख्छु मैले ।
हाँसाे खुसीहरूकाे अाैसत छ हेर्न अाऊ ॥

तारा झरेर अाए भाकल गरेर बस्छाै ।
सम्पन्न मात्र मै हुँ, किस्मत छ हेर्न अाऊ ॥

दुर्बल विचारमा छन् यी कस्तुरी मरूमा ।
अाज्ञान भित्र ज्यादै ताकत छ हेर्न अाऊ ॥

कुन एक दिन कसैकाे जीवन हुनेछ जीवन ।
दिन भित्र भित्र पूरा संवत छ हेर्न अाऊ ॥

गल्कोट, बागलुङ