बेग गाविसका बाढीपिडितलाई राहत संकलन सुरू

म्याग्दी, १७ भदौ
उत्तरी म्याग्दीको बेग गाविस–६मा बाढीले ११ वटा घर पुरिएपछि विस्थापित भएकालाई ओमकुमारी शान्ती कोषले अभियान सञ्चालन गरेको छ । बाढीले घर सहित सम्पुर्ण सम्पत्ती बगाएपछि सामुदायिक बनमा बसीरहेका स्थानीयलाई कोषले राहत सहित आवश्यक खाद्य साम्रागी संकलन सुरू गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार संकलन भएको राहत शुक्रबार देखी वितरण गर्न सुरु गरिने छ ।
बेगखोलाको माथिल्लो क्षेत्रमा भिषण पहिरो गएपछि आएको बाढीले पुर्ण प्रसाद सिङ्जाली, ओम कुमार सिङ्जाली, रत्न प्रसाद गर्बुजा, बल बहादुर पाईजा, बल बहादुर पुर्जा, टेक बहादुर बुढाथोकी, विर्ख बहादुर पाईजा, लोक बहादुर पुर्जा, निर बहादुर बुढाथोकी, कमल पाईजा, झ बहादुर गर्बुजा लगाएतको घर बगाएको छ । बाढीमा परेर ४८ बर्षिय पुर्ण बहादुर सिङ्जाली सम्पर्क विहिन भएका छन् ।