बागलुङ, १७ भदौ
बागलुङको भीमापाखोरा स्थित जनकल्याण उच्च माविमा एक परिवारले एक लाख १५ हजार रुपैयाँ बराबरको स्मृतिकोष स्थापना गरेका छन ।
भीमापोखरा–२ निवासी स्वर्गीय सिता गौतमको स्मृतिमा वार्षिक पुन्यतिथी पारेर उहाँको परिवारले कोषको स्थापना गरेका हुन । गौतमकी सासु भविकला गौतम, श्रीमान मणिलाल गौतम, देवर खगराज गौतम, डिल्लीराज गौतम, देउरानी सिता गौतम, गंगा गौतम, छोराहरु गणेश गौतम र महेन्द्र गौतमले विद्यालयमा सिता गौतम स्मृतिकोषको घोषण गर्नुभएको हो ।
कोषका संरक्षक मणीलाल गौतमले उक्त कोषको चेक र पासबुक प्रचार्य लिलाराम गौतमलाई विहिबार हस्तान्तरण गर्नुभएको थियो । कोषको व्याजबाट प्राप्त हुने रकमले विद्यालयका गरिव जेहेन्दार छात्र छात्रा तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरिने बताइएको छ ।
कोषमा क्रमश रकम वृद्धि गर्दैै आज कोषका अध्यक्ष डिल्लीराज गौतमले जानकारी दिनुभएको छ ।