न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

गिस्वार्न, १७ भदौ
न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । नागरिक सुरक्षा अधिकारीहरुले तोलोगा बे क्षेत्रकाट मानिसलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेका छन् ।
भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले जनाएको छ । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।
भूकम्पपछिको क्षतिको विवरण आएको छैन । सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थियो ।
न्यूजिल्याण्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झण्डै एक सय ५० वटा शक्तिशाली हुने गरेको अधिकारीले बताएका छन् ।