विवाहित महिलाहरुको लागि सौन्दर्य प्रतियोगिता हुँदै

बागलुङ, १५ भदौ
रिवन इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले गृहिणी र विभिन्न पेशामा आबद्ध रहेका विबाहित महिलाहरुबिच ‘मिसेस नेपाल इन्टरनेशनल २०१६’ आयोजना गर्न लागेको छ ।
गर्भमा छोरी देखिए गर्भपतन गर्ने विकृतिविरुद्ध महिलाहरुबाटै आवाज बुलन्द गर्ने उद्येश्यले दोस्रो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१६ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष निशु झाले बताइन ।
प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई बुधबार डा. सी. के. सिंहले रक्तदान र गर्भपतन गर्ने विकृतिविरुद्ध जनचेतना मुलक शिक्षा दिएका थिए । लिंगका आधारमा गर्भपतन गर्ने विकृतिविरुद्ध आवाज उठाउनका लागि विवाहित महिलाहरुलाई सामेल गर्दै सौन्दर्य प्रतियोगिताममा उतार्ने भएको छ । प्रतियोगिताको अन्तिम छनोट असोज ३ गते आर्मी अफिसर क्लब काठमाडैंमा हुनेछ ।
प्रतियोगिता अन्र्तगत प्रतिस्प्रधामा सामेल विवाहित महिलाहरुबाट यसखाले विकृतिबिरुद्ध आवाज उठाउने अभियानको थालनी गर्ने डा. सी.के. सिंहले बताए । विबाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वाबलम्बी बनाउनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास डा. सी.के. सिंहले व्यक्त गरे ।
प्रतियोगितामा ४२ जना प्रतियोगीहरु मंजिला शर्मा, बुनु तिमल्सिना, कन्चन उपाध्याय, रजनी थापा पाठक, सम्झना धामी, रिना गुरुङ, सुलोचना रोका मगर, रचना अधिकारी, सगुन पराजुली, समी मिश्र पुडासैनी, सीता कोइराला, प्रकृति श्रेष्ठ , सुबेक्ष्या पोखरेल, ज्योति थापा, सपना आचार्य, प्रतिभा अधिकारी, पुष्पा सिंह, नमिता पौडेल, प्रनिषा थापा, प्रतिमा भण्डारी, छेसांग लामा, स्वीकृति रसाइली, कल्याणी महर्जन, जानुका बस्नेत, बिन्दा खतिवडा, अनुपम राई, अनिशा जोशी, अनामिका झा, प्रिती कार्की गुरुङ, संज्ञा श्रेष्ठ, रुकमणि आचार्य, रेणु घिमिरे, मोनी अग्रवाल, चुना केसी, ममता सिंह, अन्जु गुरुङ, रोजिना कुँवर, सरिता नेपाल, उर्मिला श्रेष्ठ, समुन्द्र लामा, दिपा श्रेष्ठ, सुशंता तामांग सामेल रहेका छन् ।