बागलुङ, १५ भदौ
९ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा जिल्लाको बिहुँ १ मा रहेको भीमसेन उच्च माध्यमिक विद्यालय र भीमसेन विद्युतीय पुस्तकालयको आयोजनामा बुधबार भीमसेन उच्च माध्यमिक विद्यालयमा सदन स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
४ सदनका ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा धौलागिरी सदन प्रथम, माछापुच्छ्रे सदन ए द्धितिय, अन्नपूर्ण सदन तृतीय र माछापुच्छ्रे सदन वि सान्तोना भएका छन् ।
विजेता सवै प्रतियोगिहरुलाई उक्त अवसरमा पुरस्कार वितरण गरिएको थियो ।
यस्तै उक्त अवसरमा भीमसेन विद्युतीय पुस्तकालयको कोषमा सहयोग गर्ने सवै भन्दा कान्छा अमृतपानी निमावि विहुँमा कक्षा १ मा पढ्ने ५ वर्षिय बालक विनायक कंडेललाई सम्मान गरिएको थियो । यस्तै विहुँ दोविल्ला घर भई हाल दक्षिण कोरियामा रहेका सुवास लामिछानेले पुस्तकालयलाई १ थान कम्प्युटर प्रदान गरेका छन् । उक्त कम्प्युटर उनका बुवा जब्बर बहादुर लामिछानेले पुस्तकालयलाई उपलब्ध गराएका थियो । यस्तै विहुँ १ सुल्डाँडा घर भई हाल डेन्मार्कमा रहेका मोनि सुवेदीले २ थान कम्प्युटर उपलब्ध गराएका छन् ।
उक्त अवसरमा पुस्तकालयका सदस्य सचिव डिल्लीराज उपाध्यायले २० हजार बराबरका पुस्तकहरु पुस्तकालयलाई हस्तान्तरण गरेका थिए ।
विद्यालयका निमित्त प्रधानाध्यापक नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिएभने पुस्तकालयको बारेमा पुस्तकालयका सदस्य सचिव डिल्लीराज उपाध्यायले जानकारी गराएका थिए । कार्यक्रमको संचालन शिक्षकहरु हिरालाल कंडेल र अगन्धर कंडेलले गरेका थिए ।










