पुस्तकालय दिवसमा कविता वाचन प्रतियोगिता

बागलुङ, १४ भदौ
विद्यामन्दिर पुस्तकालय बागलुङले नवौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
‘जीवन पर्यत्न शिक्षाको लागि पुस्तकालय’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा चिल्ड्रेन लाईफ बोडिङका छात्रा गणेश कँडेल प्रथम, अमृत आदर्श उच्च माध्यामिक विद्यालयका विपिन न्यौपाने द्धितिय र विद्यामन्दिर उच्च माध्यामिक विद्यालयका छात्र लक्ष्मी पुन तृतीय भएका छन् । उनीहरुले ‘पुस्तकालय’ बिषयक कविताका माध्यमबाट पुस्तकालयलाई ज्ञान आर्जन गर्ने स्थानका रुपमा प्रस्तुत गरेका थिए । विभिन्न विद्धान तथा बैज्ञानिकहरुका लेख तथा रचना पुस्तकालयमा समावेश भएकाले पुस्तक पढ्ने बानीको बिकास गर्नुपर्ने उनीहरुले कविता मार्फत जानकारी गराएका थिए ।
कविता प्रतियोगितामा विजय भएका विद्यार्थीलाई बुधबार मुल समारोहका दिन पुरस्कृत गरिने आयोजकले बताएको छ । पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माले आफ्नो स्वर्गिय बुवा गंगाप्रसाद शर्माको स्मृतीमा स्थापना गरेको कोषबाट प्रतियोगितामा बिजयी हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । पुस्तकालय प्रति समुदायको चासो बढाउने र समुदायिक पुस्तकालयमा आउने पाठक बृद्धि गर्नका लागि पनि पुस्तकालय दिवस प्रभावकारी हुने पुस्तकालयले जानकारी गराएको छ । कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष रामचन्द्र शर्मा र नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल श्रीषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष रामप्रसाद शर्मा र संचालन सचिव राम थापा अबिरलले गरेका थिए ।