सेवालाई सघाउन अस्पताललाई उपकरण सहयोग

म्याग्दी, १४ भदौ
म्याग्दी अस्पतालमा एक ब्यक्तिले गुणस्तरीय सेवालाई सघाउन मेसिन सहयोग गरेका छन् ।
रोजगारको सिलसिलामा कतारमा रहेका बेनी नगरपालिका–१३ थामडाँडाका प्रेम रसाइलीले निमोनियाका विरामीलाई उपचार गर्दा आवश्यक पर्ने २ वटा मेसिन हस्तान्तरण गर्नुभएको हो ।
अस्पतालमा एक कार्यक्रमको आयोजना अस्पतालका प्रमुख डा. रोशन न्यौपाने र अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसी सहित अस्पतालमा कार्यरत चिकित्सकलाई मेसिन हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा स्वदेश तथा विदेशमा रहनुभएका म्याग्देली सहित नेपालीले पछिल्ला केहीबर्ष यता आवश्यक उपकरण सहित र्भौतिक पुर्वाधार निर्माणमा गरेको सहयोगले गुणस्तरीय सेवा प्रदान गर्न सहज भएको अस्पताल प्रमुख डा. न्यौपानेले बताउनुभयो । सोही अवसरमा बोल्दै सहयोगदाता प्रेम रसाईलीले आफ्नो आमाले नियमित रुपमा जिल्ला अस्पतालमै उपचार गराइरहेको बताउँदै अस्पतालको सेवासुविधा ठुला मानिएका अस्पताल जस्तै भएको महसुस गरेको बताउनुभयो ।
म्याग्दी प्रवासी नेपाली संघ मोना कतारका संस्थापक अध्यक्ष एवम् एनआरएन कतारका मजदुर विभाग प्रमुख समेत रहनुभएका रसाईलीले फजुल खर्च र तलवबाट शिक्षा, स्वास्थ्य सहितका क्षेत्रमा छुट्टाएको रकमबाट सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला अस्पतालमा हालसम्म उपलब्ध भएका सहयोग सहित आगामी योजनाका बारेमा समेत जानकारी गराइएको थियो । केहीदिन अगाडी विद्युतमा देखिएको गडवडीले नवजात बच्चा सहित निमानियाका विरामीलाई प्रयोग हुने मेसिनमा क्षती पुगेपछि उपचारमा समस्या भएको थियो ।
कार्यक्रमको अध्यक्षता अस्पताल विकास समितिका अध्यक्ष चन्द्र कुमार केसी, सहयोग हस्तान्तणका बारेमा पत्रकार हरिकृष्ण गौतम र सञ्चालन नायव सुब्वा रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।