बागलुङ, १३ भदौ
नेपाल पत्रकार महासघं बागलुङले आधुनिक सूचना केन्द्र स्थापनाका लागि अभियान शुरु गरेको छ । अभियानका क्रममा जापानमा रहेका पत्रकार अर्जुन लामिछानेले २० हजार सहयोग प्रदान गरेका छन् । उक्त सहयोग बापतको चेक आज महासघंमा आयोजित एक कार्यक्रमका बीच लामिछानेकी बहिनी लक्ष्मी लामिछानेले महासघंका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार महासघं बागलुङ शाखाका कार्यसमिति सदस्य समेत रहेका लामिछानेले बाध्यताबस बिदेशिनु परे पनि महासघंको अभियानमा सहभागिता जनाउन उक्त सहयोग रकम प्रदान गरेको बताउनुभयो । पत्रकार महासघं बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा भए पनि महासघं प्रति देखाएको दायित्व र सद्भाव प्रति आभार व्यक्त गर्नुभयो ।
पत्रकार महासघंले आधुनिक सूचना केन्द्र स्थापना गरेर श्रमजिवी पत्रकाहरुले सोही केन्द्रबाट समाचार सम्प्रेषण, पत्रकारिताका बिबिध बिषयका पुस्तक, सन्दर्भ सामग्रीहरु अध्ययन गर्न सहज व्यवस्थाका लागि सामाजि सञ्जाल मार्फत देश बिदेशमा अभियान शुरु गरेको पत्रकार महासघं बागलुङ शाखाका सचिव दिल शिरीषले बताउनुभयो । उहाँका अनुसार करिब १ लाख ५० हजार रुपैयाँ संकलन गरी बिभिन्न सघं संस्थासँगको सहयोगमा समय सापेक्ष व्यवस्थित सूचना केन्द्र सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रम शाखा अध्यक्ष मुकेश राजभण्डारीको अध्यक्षता, कोषाध्यक्ष ताराप्रसाद शर्माको स्वागत र सचिव दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।