अमृत पौडेल
(१)
माया गर्ने मुटु लाई कुन बन्धन ले छेक्छ र
एक सरो त्यो पछ्यौरी ले कहाँ जाडो थेग्छ र
मर्ने थाहा हुँदा हुँदै बत्ती खोज्छ पुतली।।
अन्धो हुन्छ भन्छन माया,आँखा कहाँ देख्छ र
(२)
चाहे काट चाहे रेट खुकुरी को धार त्यही हो।
चाहे पत्थर सिर मा उठाउ पृथ्वी को भार त्यही हो।
आफ्नो दुनो सोझाउन हर कोही ले जानेको छ ।
कर्म गरी फल नसोच भागवत को सार त्यही हो।
(३)
मेरो देश को पतंग बाधि बरु जलाउ मलाई।
देश् को निम्ति ज्यान दिन्छु बरु ढलाउ मलाई।
चन्द्र सुर्य देखी मन् जुर्मुराउन थाल्छ
थाक्ने छैनन यि पाइला जती गलाउ मलाई।
(४)
अजहर अमर हुन मिल्ने चल्ती कहाँ छ र।
ईश्वर को लीला भित्र गल्ती कहाँ छ र
एक्लै आएउ एक्लै जान्छौ लानु छैन केही।
मरी जाने कात्रो मा नि खल्ती कहाँ छ र।
कू.न.पा. १२ पर्वत