जनसेवा वचत तथा ऋण सहकारीको साधारणसभा

बागलुङ, ११ भदौ
बागलुङको पालामा संचालित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.को प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०७२/०७३ मा ५१ लाख १७ हजार ८ सय ४७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको कोषाध्यक्ष मनबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा संस्थाको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।
एक सय १७ जना सेयर सदस्य रहेको उक्त सहकारीमा १२ लाख ७० हजार रुपैयाँ कुल पुँजी रहेको छ । कार्यक्रममा समाजसेवदी फणिद्र गौतम, गणेश परियार, नारायण गौतम, चन्द्रकला थापा, उजिर हमाल, रनबहादुर थापा, भविलाल रोका, नरबहादर परियार, लक्ष्मण थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष खडक थापाको अध्यक्षता, गोरे किसानको स्वागत रलिलाधर गौतमको संचालनमा सम्पन्न भएको थियो ।