![Lord_Krishna_1](https://khabarway.com/wp-content/uploads/2016/08/Lord_Krishna_1-696x526.jpg)
काठमाडौं, ९ भदौ
आज श्रीकृष्ण जन्माष्टमी हो । भगवान् श्रीकृष्ण यस पृथिवीमा प्रादुर्भाव हुनुभएको पवित्र दिन । यो दिन श्रीकृष्णलाई प्रसन्न गर्नका लागि व्रत गरिन्छ र विशेष पूजा पनि गरिन्छ । साँचो मनले व्रत गर्ने भक्तलाई मोक्ष प्राप्ति हुन्छ र ऊ मोहमायाको बन्धनबाट मुक्त हुन्छ । कुनै कामना राखेर व्रत बस्यो भनेपनि त्यो कामना छिट्टै पूरा हुन्छ ।
पूजन विधि
आज बिहान छिट्टै उठेर स्नान गरिसकेपछि सबै देवताहरूलाई नमस्कार गरेर पूर्व वा उत्तर दिशातर्फ फर्केर व्रत संकल्प लिनुहोस् । फलाहारको व्रत लिनुहुन्छ कि एकछाकी लिनुहुन्छ त्यही अनुसारको संकल्प लिनुहोस् ।
त्यसपछि माता देवकी र भगवान् श्रीकृष्णको सुन, चाँदी, तामा, पित्तल वा माटोको मूर्ति वा चित्रमा पूजन गर्नुहोस् । उहाँलाई नयाँ वस्त्र अर्पण गर्नुहोस् । झुलामा सजाउनुहोस् । अनि षेडशोपचारसहित श्रीकृष्णको पूजा गर्नुहोस् । पूजनमा वासुदेव, बलदेव, नन्द, यशोदा अनि लक्ष्मी माताको पनि नाम उच्चारण गर्नुहोस् । अन्त्यमा माता देवकीलाई अर् घ्य दिनुहोस् । त्यसपछि भगवान् श्रीकृष्णलाई फूल अर्पण गर्नुहोस् ।
दिनभरि व्रत बस्दा श्रीकृष्णलाई सम्झने, चिन्तन गर्ने, पुराण कथा सुन्ने, स्तोत्र पढ्ने, भजन कीर्तन गर्ने क्रियाकलाप गरिरहनुहोस् ।
त्यसपछि मध्यरातमा भगवान् प्रकट हुनुभएको समयमा उहाँको जन्मोत्सव मनाउनुहोस् । झुलामा उहाँ झुलाउनुहोस् । पञ्चामृतमा तुलसी राखेर अनि माखन मिश्रीमो भोग लगाउनुहोस् । त्यसपछि आरती गर्नुहोस् र स्तोत्र, श्रीमद्भागवतमा श्रीकृष्ण प्रादुर्भाव हुनुभएको वर्णन गरिएको दशमस्कन्धको तृतीय अध्याय, श्रीमद्भगवद्गीता लगायत पाठ गर्नुहोस् ।
अर्को दिन फेरि स्नान गरेर जुन तिथि र नक्षत्रमा व्रत गरिएको हो, त्यसको समप्तिमा व्रत पूर्ण गर्नुहोस् । ब्राह्मणलाई दक्षिणा दिनुहोस् ।
शुभ मुहूर्त
साँझ पौने ६ देखि राति सबा ८ सम्म अमृत
राति सबा ८ देखि पौने १० सम्म चर
मध्यरात्रि पूजा १२ १० देखि १२ ४० सम्म लाभ
दैनिक भाष्कर