विक्रम सुनार
बागलुङ, ३ भदौ
जिल्ला खेलकुद विकास समिति बागलुङले गतवर्ष सम्पन्न पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी क्षेत्र नम्बर १ अन्तर्गतका सामुदायिक विद्यालयलाई रकम हस्तान्तरण गरेको छ ।
खेलकुद सामाग्री खरिदका लागि यूवा तथा खेलदकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त रकम सिगाना उच्च मावि, विद्यामन्दिर उच्च मावि, धवलगिरी बहिरा आवासीय मावि, तित्याङ मावि, सिगाना मावि, तितौरे मावि , लेखानी उच्च मावि, रुद्रेपिपल मावि, मुलपानी उच्च मावि, कालिका कन्या मावि, कुँडुले उच्च मावि, जनकल्याण मावि र लक्ष्मी उच्च मावि गरि १३ विद्यालयलाई नगद दश÷दश हजार रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यले खेलकुदले नै समग्र राष्ट्रको पहिचान विश्व सामु स्थापित गर्न सक्ने भएकाले खेलकुद र खेडालीको विकासको लागि राज्यले प्याकेज कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादु्र परियारले खेलकुद सामाग्री खरिद स्वरुप प्रदान गरिएको रकमले विद्यालय स्तरमा खेलको विकास हुने र आगामी दिनमा रनिङ सिल्ड प्रतियोगितामा विद्यालयहरुको सहभागितामा आकर्षण हुने बताउनु भएको थियो । कार्यक्रममा सहभागि विद्यालयको तर्फबाट लक्ष्मी उच्च मावि धम्जाका प्रधानाध्यापक गोविन्द बहादुर भण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रलम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष शम्भु आचार्यको स्वागत मन्तव्य र सदस्य सचिव भिमसेन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै कार्यक्रमका अवसरमा पोखरामा सम्पन्न प्रदेश नम्वर ४ स्तरीय टेक्वान्दो प्रतियोगितामा सहभागी भई विजेता खेलाडीहरु ५१ केजी तर्फ विमला बोहरा, ५४ केजी टार्जन कम्पट मगर, ५५ केजी निशा परियार, ५८ केजी तर्फ प्रदिप घर्तिमगर, ५९ केजी तर्फ करिश्मा सुनार, ६२ तर्फ रामचन्द्र घर्तिमगर र कोच बिनोद भण्ठडारीलाई सम्मान गरिएको थियो ।
खेलकुद विकास समितिले यस भन्दा अघि श्रावण २१ गतेमा क्षेत्र नम्वर दुईबाट सहभागी विद्यालयलाई बलेवामा रकम हस्तान्तरण गरेको छ भने क्षेत्र नम्वर तीनबाट सहभागी विद्यालयलाई लगत्तै गर्ने बताइएको छ ।