केको मासु कस्तो हुन्छ ?

केको मासु कस्तो हुन्छ ?

डा. केदार कार्की
मासुलाई परापूर्वकालदेखि हुनेखाने र पौरखीको भोजन मानिादै आएको छ । सामान्य जमघट भएका वेला सर्वसाधारणको घरमा पनि अहिले मासु अनिवार्यजस्तै भएको छ । मासुको उपभोग बढेसागै यसको व्यवसायीकरणमा पनि वृद्धि भएको छ । सोही कारण हरेक बस्ती र टोलमा मासु पसल खुल्न थालेका छन् । तर, शुद्ध, सफा, स्वच्छ, उच्च कोटिको भनिने मासुमा मिसावट गरिएको पनि पाइन थालेको छ ।
चााडै र धेरै कमाउने लोभमा बासी तथा सामान्य, खान नहुने, एक प्रजातिको मासु अर्को प्रजातिमा मिसावट गर्ने, रोगी, रोग लागी मरेका पशुपक्षीको मासु स्वस्थ मासुुमा मिसाउने गरिएको पनि पाइन्छ । यस्ता कार्यले जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्छ । मासुमा मिसावटबाट बच्न सबैभन्दा पहिला उपभोक्ता नै सचेत हुनुपर्छ । आफूले खरिद गर्न लागेको मासु कुन पशुपक्षीको हो भनेर यसरी छुट्याउन सकिन्छ :
गाई–गोरुको मासु
गाई–गोरुको मासु नेपालमा प्रतिबन्धित छ । यस्तो मासु हेर्दा गाढा रातो रङ, थौरै खैरौ, एकनासे रेसा, काटिएको भाग चम्किलो, मासु बोसो भएको सेतो, अनौठो गन्ध
आउने हुन्छ ।
खसी–बोकाको मासु
खसी–बोकाको मासु नेपालमा बढी उपभोग गरिन्छ । यहण्ी मासुमा अन्य पशुको मासु मिसावट गर्ने सम्भावना बढी हुन्छ । खसीको मासु हेर्दा गाढा रातो, कस्सिएको, घना रेसायुक्त मासुमा बोसो न्यून, छाला तथा मिर्गौलामा प्रशस्त बोसो हुन्छ । त्यस्तै, बोसो निख्खर सेतो, कडा, एकनासे, छुँदा कक्रक्क पर्ने तथा नली हाडको गुदी एकनासे हल्का रातो हुन्छ ।भेडाको मासु
भेडाको मासु पनि नेपालमा उपभोग हुनेमध्येमा पर्छ । भेडाको मासु खसीको भन्दा फोस्रो हुन्छ । बोसो र नली हाडको गुदी उस्तै देखिन्छ । त्यस्तै, छाला र मिर्गौलामा बोसो न्यून तथा हुँदै नहुने पनि हुन्छ ।
बंगुरको मासु
बंगुरको मासु कैलो सेतो, तिलचाम्रेदेखि रातो, रेसाविहीन, प्रशस्त बोसो भएको हुन्छ । बोसो गाढा सेतो, मिहीन दानादार, अनि नरम हुने बंगुरको नलीहाडको गुदी गुलाबी रातो अनि नरम हुन्छ । मासु उमाल्दा फोस्रो सेतो अनि हलुका हुन्छ ।घोडाको मासु
घोडाको मासु नेपालमा खासै प्रचलनमा छैन । यसको मासु गाढा रातो, नीलडाम परेको जस्तो, रेसाविहीन एकनासे हुन्छ । घोडा सानो उमेरको भए बोसो हल्का सुनौलो हुन्छ । त्यस्तै, उमेर पुगेकाको भए सेतो, नली हाडको गुदी मैनजस्तो, चिपचिपे अनि नरम हुन्छ ।
कुकुरको मासु
कुकुरको मासु नेपालमा उपभोग गरिँदैन । तर, अलि चनाखो नभए मिसावटमा यस्तो मासु नपर्ला भन्न पनि सकिँदैन । यिनको मासु रातो, एकनासे रेसा तथा थोरै बोसो हुन्छ । यस्तो मासु बोसो सेतो तथा सेतो फुस्रो, तेल नै झर्लाजस्तो चिपचिपे हुन्छ ।
खरायोको मासु
खरायोको मासु औषधिको रूपमा उपभोग गर्ने गरिन्छ । यसको मासु हेर्दा फोस्रो रातो, खैरो रातो, मिहीन रेसा भएको
बोसोविहीन हुन्छ ।
 कुखुराको मासु
नेपालमा सबैभन्दा बढी उपभोग हुने मासु कुखुराको हो । यसमा मासु हेर्दा फोस्रो हुन्छ । त्यसैले यसलाई ह्वाइट मिट भनिन्छ । मासुका रेसा अलि रातो मात्र र बोसोरहित हुन्छ । nayapatrika