बूर्तिवाङ्ग बजारमा जेनेरेटरबाट दैनिकी सहज गर्ने पर्यात्न

बागलुङ, ३ भदौ
बागलुङको पश्चिम बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दा करिव एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
केन्द्रीय प्रशारण लाईनले नछोएको, लद्युजल विद्युत आयोजनाबाट उत्पादित विद्युत उपयोग गर्दै आएका उपभोक्ताहरु असार १० गते आएको बाढी पहिराले २० वटा लद्युजलविद्युतमा क्षती पु¥याए पछि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
बूर्तिवाङ क्षेत्रका अधिकारीचौर, बोवाङ, खुङ्गा, बोहोरागाउँ, निसी लगायतका गाविसमा संचालित लद्युजलविद्युत आयोजना पूर्ण तथा आंशिक क्षति पुगे पछि करिव ५ हजार उपभोक्ता मट्टितेल र टुकीको भरमा रात काट्न बाध्य भएका छन् ।
विद्युत आयोजना मर्मतमा अझै दुई ÷तीन हप्ता लाग्ने भए पछि बूर्तिवाङ बजारमा जेनेरेटरको मात्रा खपत बढेको स्थानीय लोकेन्द्र सुनारले जानकारी दिनुभयो । स्थानीय व्यापारीहरुले जेनेरेटर खरिद गरी आफ्नो उद्योग धन्दा संचालन गरेका छन । असार १० गते यता करिव २८ नयाँ जेनेरेटर बूर्तिवाङ बजारमा खपत भएको सूनारको भनाई रहेको छ ।
विद्युत नभए पछि स्थानीयलाई मोवाईल चार्ज गर्न समेत मुस्किल गरेको छ । अधिकारीचौर, बूर्तिवाङ, खुङ्गा, बोवाङ्ग क्षेत्रमा सचाल उपभोक्ताहर वूर्तिवाङ बजार आएर जेनेरेटरबाट मोवाईल चार्ज गर्ने गरेका छन । एउटा मोवाईल चार्ज बाफत पसलेहरुले ५० देखि ६० सम्म लिने गरेको सुनारको भनाई रहेका छ ।