शीघ्रस्खलबाट मुक्ति पाउने तरिका

बिर्यस्खलनको ९५ प्रतिशत कारण मानसिक चिन्ता हो ।
मलाई शिघ्र बिर्यस्खलन हुन्छ कि भन्ने देखि लिएर बच्चा पेटमा बस्छ कि भन्ने त्यसतै यौनको सम्बन्धमा कन्फिडेन्ट अलि कमहुने मानिसहरुलाई शिघ्र बिर्यस्खल हुने गर्छ ।
बिभिन्न खालको चिन्ताहरु जस्तै घरव्यवहारको चिन्ता, साथीभाईसँगको मनमुटाब आदी चिन्ताहरुले गर्दा शिघ्र बिर्यस्खलनका कारण हुन् । त्यसैले पहिला आफ्नो मानसिक चिन्तालाई हटाउनु पर्छ र केहि शारिरिक संरचनाहरु जस्तै लिंगको संरचनाले गर्दापनि शिघ्र बिर्यस्खलनका हुनसक्छ ।
अब यस्तो भयो भनेर हामि प्रशस्त औषधी खाने गरेको हुन्छौं तर औषधी खाएर शिघ्र बिर्यस्खलनका रोकीने भने हैन । शिघ्र बिर्यस्खलन रोक्ने ‘मास्टर एण्ड जोनसोन’ टेक्निक यदि शिघ्र बिर्यस्खलन भइरहेको छ भने जब स्खलन हुनलाग्छ त्यो बेलामा यौनिबाट लिंगलाई बाहिर निकाल्ने र च्याप्प समात्ने (सम्भव भएसम्म पार्टनरले) र केहि समयसम्म रहने र फेरी यौनसम्पर्क गर्ने र स्खलन हुने बेलामा बाहिर निकाल्ने मास्टर एण्ड जोनसोन टेक्निक प्रयोग गरीयो भने यस्तो समस्या समाधान हुनसक्छ ।
यस्तो समस्या मानसिक चिन्ताले नै हुने हुँनाले सर्वप्रथम चिन्तालाई हटाउने गर्नुपर्दछ । अब चिन्तालाई हटाउनका लागि चिन्ताका कारणहरु पत्तालगाएर समाधान गर्नतर्फ लाग्नुपर्छ । यदि समाधान नै गर्न नसकिने कारण छन् भने चिन्ता गर्न छाड्नुपर्छ । रासस